समाचारबुधबार, भाद्र ५, २०७०
राष्ट्रिय बाणिज्य बैंक डेढ अर्ब नाफामा
सरकारको अधिनमा रहेको राष्ट्रिय वाणिज्य बैंकले यसवर्ष अघिल्लो वर्षको तुलनामा २८ दशमलव १२ प्रतिशत बढी मुनाफा आर्जन गरेको छ । यसैगरी बैंकले यसअघिको वर्षको सञ्चालन मुनाफा रु दुई करोड ४९ लाखमा ३०९२ प्रतिशतले वृद्धि गरी रु ७९ करोड ५७ लाख पुगेको जनाएको छ ।
बैंकको निक्षेप रु ९१ अर्ब नौ करोड पुगेको छ भने कर्जा तथा सापट रु ४९ अर्ब पुगेको छ । बैंकको कर्जा निक्षेप अनुपात ५३ दशमलव १९ प्रतिशत रहेको छ भने निष्क्रीय कर्जा कुल कर्जा अनुपात ५ दशमलव ३१ प्रतिशत रहेको छ ।
एक सय पैतालीस शाखा कार्यालय, १० काउन्टर र नौवटा शाखारहित बैकिङमार्फत देशका ६४ जिल्लामा सेवा पु¥याइरहेको वाणिज्य बैंकका ५० स्थानमा एटिएम छन् ।
रासस
