समाचारबुधबार, भाद्र ५, २०७०

दाहालको धम्की, ‘मुद्दा ब्युँताउन खोजिए विद्रोह हुन्छ’

हिमालखबर

५ भदौमा काठमाडौंमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वकालीन मुद्दा ब्युँताएर आफ्नो पार्टीका लोकप्रिय उम्मेदवारलाई निर्वाचनमा भाग लिन नदिने षड्यन्त्र भएमा विद्रोह हुने धम्की दिएका छन् ।

पार्टी फुटेको, सेना समायोजन भएको र वाइसीएल पनि निष्क्रिय रहेको ठानेर एमाओवादीमाथि चारै तिरबाट प्रहार हुन थालेको दाबी गर्दै अध्यक्ष दाहालले कसैले दबाउन खोजे अन्तिम विद्रोह गर्ने बताए। उनले एमाओवादीलाई कसैले कमजोर ठानेर प्रहार गर्न खोजे आफूहरु हातमा दही जमाएर नबस्ने समेत भने ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत टुङ्ग्याउनुपर्ने द्वन्द्वकालीन मुद्दालाई हल गर्नुपर्नेमा त्यसो नगरी परम्परागत ढङ्गले कारबाही गर्न खोजिए त्यो  स्वीकार्य नहुने उनको भनाइ थियो ।

सङ्क्रमणकालको फाइदा उठाउँदै प्रतिगामी शक्तिहरु क्रियाशील भइरहेको भन्दै दाहालले उनीहरुविरुद्ध अन्तिम प्रहार केन्द्रित गर्नुपर्ने खाँचो रहेको बताएका थिए ।

नौ वर्षअघि माओवादीले हत्या गरेका गोरखाका कृष्णप्रसाद अधिकारीको मुद्दा अघि बढाउन सरकारले प्रहरीलाई निर्देशन दिएपछि दाहाल त्यसविरुद्ध खनिंदै आएका छन् ।

कार्यक्रममा एमाओबादीका नेता बाबुराम भट्टराईले मानवअधिकारका नाममा शान्ति सम्झौताको उलंघन गरे अफूहरु चुप लागेर बस्न नसक्ने र हजारौं मिलेर प्रतिवाद गर्ने चेतावनी दिए ।

उनले विगतमा जस्तै वाइसिएलले निर्वाचन सफल पार्न विशेष भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>