थप समाचारबिहीबार, भाद्र ६, २०७०
शिक्षक पाल्दै आमा समूह
दरबन्दी मिलानका क्रममा सरुवा भएका शिक्षक लमजुङको घनपोखरास्थित प्राथमिक विद्यालयमा पढाउन नगएपछि निजी शिक्षक राख्नु परेकाले उनीहरुको तलबको ब्यवस्था आमा समूहले मिलाएको हो ।
तिन जना शिक्षक दरबन्दी भएको उक्त विद्यालयबाट दरबन्दी मिलानका क्रममा दुई जना शिक्षक सरुवा भएर अन्यत्र गईसकेका छन् । तर विद्यालयमा आउनुपर्ने शिक्षक सात महिनासम्म पनि हाजिर नभएपछि स्थानीय स्रोतबाट निजी शिक्षकको व्यवस्था गरिएको हो ।
विद्यालयमा सरुवा भएका एक शिक्षकले बैशाखमा अवकाश लिईसकेका छन् भने अर्का सात महिनासम्म पनि आइपुगेका छैनन् ।
निजी स्रोतबाट राखिएको एक जना शिक्षकलाई स्थानिय अमृत आमा समुहले तलब भत्ताको व्यवस्था गर्ने र अर्को शिक्षकका लागी प्रत्येक घरबाट एक एक सय रुपैयाँ उठाएर तलब भत्ता प्रदान गरिने व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले बताए ।
प्रोवि गाउँमा अहिले ४५ घरधुरी रहेका छन् । विद्यालयमा अहिले निजी तहबाट स्थानीय कृष्ण पौडेल र रसमाया गुरुङलाई नियुक्त गरिएको छ । दरबन्दीका शिक्षक नआउँदा अध्यन अध्यापनमा समस्या भएको विद्यालयका प्रध्यानाध्यापक यमनाथ घिमिरेले बताए ।
१८ बर्ष पछि लमजुङकमा शिक्षकको दरबन्दी मिलान भएपनि दुर्गममा सरुवा भएका शिक्षक नजाँदा पठन पाठनमा समस्या देखिएको छ ।
युवराज श्रेष्ठ, लमजुङ
