समाचारबिहीबार, भाद्र ६, २०७०

दार्जिलिंङमा गोजमो सहायक महासचिवसहित ४० पक्राउ

हिमालखबर

दार्जिलिंगमा आन्दोलनरत गोजमोका सहायक महासचिव विनय तामांगसहित ४० जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सडक बन्द गरेको र प्रहरीलाई कर्तव्य निर्वाह गर्नबाट रोकेको आरोपमा गिरफ्तार गरिएको कलीमपोंग उप-प्रमंडलका एआइजी संगमित लेप्चालाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ ।

तामांग गोजमो प्रमुख बिमल गुरुंगका नजिकका सहयोगी र पार्टीका शीर्ष नेताहरुमध्येका हुन् । जिल्लाका प्रहरी प्रमुख कुणाल अग्रवालले गोजमोका ४० कार्यकर्तालाई ५ भदौ राति पक्राउ गरिएको जनाएका छन् ।

युपिए गठबन्धन सरकारले आन्ध्र प्रदेशलाई टुक्राएर तेलंगाना राज्य गठन गर्न स्वीकृति दिएपछि पश्चिम बंगालको दार्जिलिंग र आसपासका क्षेत्रमा बेग्लै गोर्खाल्याण्डको माग गर्दै भएको आन्दोलनमा अहिलेसम्म गोजमोका ७१० कार्यकर्ता पक्राउ परेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>