थप समाचारबिहीबार, भाद्र ६, २०७०

तनहुँमा डेढ सय कुखुरा मरे, बर्डफ्लुको शंका

हिमालखबर

तनहुँ थर्पूका कृषक विनप्रसाद मल्लको कुखुरा फार्ममा दुई दिनयता डेढ सय बढी कुखुरा मरेपछि बर्ड फ्लूको आशंका गरिएको छ । चितवनको नारायणगढबाट एक महिनाअघि ल्याईएको चल्ला स्थानीय बिक्रेतामार्फत मल्लले खरिद गरेका थिए ।

४ र ५ भदौ दुई दिनमा डेढ सय कुखुरा मरेपछि बर्ड फ्लूको आशंकामा मल्ल आफैले परीक्षणका लागि जिल्ला पशु सेवा कार्यालयमा नमूना बुझाएका छन् । कार्यालयले बिहीबार नै मरेको कुखुराको नमूना परीक्षणका लागि पोखरास्थित क्षेत्रीय ल्याबमा पठाएको छ ।

ल्याबको परिक्षण नतिजाका आधारमा मात्र बर्ड फ्लू हो वा होईन भन्न सकिने कार्यालय प्रमुख बाबुराम जमरकट्टेलले बताए ।

यसअघि साउनको दोस्रो हप्तामा सत्रसय भन्ने स्थानमा पनि कुखुरा मर्ने समस्या देखिएको थियो । एक फार्मका ४ हजार २ सय कुखुरा मरेपछि नमूना परिक्षणका लागि पोखरा पठाएको रानीखेत रोग लागेको देखिएको थियो ।

यसपटक पनि त्यस्तै समस्या हुनसक्ने पशु कार्यालयको अनुमान छ । पशु चिकित्सक जमरकट्टेलले यसपटक पनि त्यस्तै हुनसक्ने बताए ।

बर्ड फ्लू संकटग्रस्त क्षेत्र काठमाडौं तथा भक्तपुर क्षेत्रबाट कुखुराको चल्ला आयातमा पूर्ण प्रतिबन्ध लगाईएको बताउँदै उनले अन्यत्रको पनि क्वारेन्टाईन जाँचपासका आधारमा मात्र आयात गरिएकाले डराउनुपर्ने अवस्था नरहेको बताए ।
चितवनको मुग्लिङ र तनहुँको आँबुखैरेनी प्रहरीले क्वारेन्टाईन जाँच पास नभएकालाई भित्रन नदिने भएकाले जिल्लाबाहिरबाट बर्ड फ्लू प्रवेश गर्ने सम्भावना कम भएको उनको भनाई  छ ।

पवन पौडेल, तनहु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>