समाचारशुक्रबार, भाद्र ७, २०७०

अख्तियारद्वारा ३५ कर्मचारी पक्राउ

हिमालखबर

नक्कली भिषामा नेपालीलाई विदेश पठाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट १८ जना वैदेशिक रोजगार विभागको श्रम कक्षबाट १३ जना, विभागकै अन्तिम स्वीकृति शाखाबाट चार जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा शाखा अधिकृतहरु र त्यसभन्दा तल्लो तहका कर्मचारी रहेको आयोगका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।

“फेक भिसामा विदेश पठाएको भन्ने बुझिएकोले अनुसन्धानका लागि सेक्सन अफिसर र नासु लगायतका कर्मचारीहरु पक्राउ परेका छन्,” प्रवक्ता सापकोटाले हिमालखबरलाई जानकारी दिए ।

अनुसन्धानकै क्रममा रहेकाले अहिले नै सबै विषयमा खुलाउन नमिल्ने सापकोटाले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>