समाचारशुक्रबार, भाद्र ७, २०७०

वाइसीएल अब ‘ब्रिगेड’

हिमालखबर

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले वाइसिएललाई ‘उत्पादन ब्रिगेड’ का रुपमा देशभर सक्रिय बनाउने ७ भदौमा पोखराबाट घोषणा गरेका छन् ।

दाहालले पोखरामा ‘अन्नपूर्ण उत्पादन विग्रेड’ का संयोजक दिपक कोइरालालाई कृषि औजार हस्तान्तरण गरी ब्रिगेडको विधिवत घोषणा गरेका हुन् । यसअघि कोइरालाले तमुवानमा वाईसिएलको जिम्मेवारी सम्हालेका थिए ।

“हामी दोस्रंो संविधान सभा निर्वाचनको संघारमा छौ,” दाहालले भने, “यसलाई उत्पादन ब्रिगेडका रुपमा मात्र बुझ्न हुँदैन, चुनावी प्रचार टिमको काम पनि गर्छ, निष्पक्ष, स्वच्छ र धाँधलीरहित निर्वाचन गराउन ब्रिगेड सक्रिय रहनेछ ।”

उनले निर्वाचन र उत्पादनका दुबै कार्यलाई ‘फ्यूजन’ गराएर अगाडि बढन कार्यकर्तालाई निर्देशन दिए । उत्पादन ब्रिगेड शव्दावली हेटौडा महाधिवशेनबाट आएको भन्दै दाहालले थपे, “यो गम्भीर र रणनीतिक विषय पनि हो ।”

पोखरामा घोषणा गरिएको अन्नपूर्ण उत्पादन ब्रिगेडमा करिव दुई सय जना युवा समूहमा रहने बताइएको छ । यस्तै ब्रिगेडहरु देशभर र प्रत्येक निर्वाचन बुथमा सक्रिय बनाउने एमाओवादीको योजना छ ।

माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>