समाचारशनिबार, भाद्र ८, २०७०
डेढ लाख मतदाता थपिए
१–७ भदौमा देशभर एक लाख ६२ हजार ८१३ जनाले नामावली दर्ता गरेको आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी दिए । आज मात्रै देशभर ५४ हजार ५१८ जनाको नामावली दर्ता भएको र अन्तिम नामावली छनौट प्रक्रिया हुँदा केही बढ्नसक्ने उनले बताए ।
आयोगका अनुसार मतदाता नामावली दर्ता गराउने अन्तिम दिन आज काठमाडौँ उपत्यकाभित्रको काठमाडौँ निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा अत्यधिक भीड रहेको थियो । दलहरूको आग्रहमा मतदाताको नामावली दर्ता गराउन आयोगले यही भदौ १ गतेदेखि सात दिनका लागि पुनः नामावली दर्ताको काम सुरु गरेको थियो ।
