थप समाचारशनिबार, भाद्र ८, २०७०
घाँटी रेटेर हत्या
हात्तीमुडा–३ का ४० वर्षीय झल्कु भनिने बेचन सरदारलाई ८ जनाको संख्यामा आएको अपरिचित समूहले हत्या गरेको खुल्न आएको जनाएको छ ।
सामान्य मजदुरी गरेर जीवन गुजारा गर्ने सरदारलाई किन हत्या गरियो् भन्ने अहिलेसम्म खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दीपक पोखरेलले बताए ।
सरदारको शव पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पतालमा राखिएको छ ।
कमल रिमाल, विराटनगर
