समाचारशनिबार, भाद्र ८, २०७०

निर्वाचन विथोल्छु भन्नु मुर्खताः सापकोटा

हिमालखबर

८ साउनमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सञ्चारकर्मीसँगको भेटमा एमाओवादी प्रवक्ता अग्नि सापकोटाले कसैले संविधानसभाको निर्वाचनलाई असफल पार्न खोजे त्यो उसको मुर्खतामात्रै हुने बताएका बताएका छन् ।

सापकोटाले उच्चस्तरीय राजनीतिक समितिले हदैसम्म लचकता अपनाउँदा पनि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले वार्तालाई रणनीतिक चालबाजीका रूपमा प्रयोग गरेका कारण कुनै पनि निष्कर्ष निस्कन नसकेको बताए । उनले वैद्यले गोलमेच सम्मेलन पनि निर्वाचन विथोल्नका लागि माओवादीले प्रस्ताव गरेको आरोप लगाए ।

संविधानसभाको निर्वाचनको विकल्पमा सोच्न पनि नसकिने भन्दै सापकोटाले नेकपा–माओवादीसँग निर्वाचन बिथोल्ने कुनै पनि हैसियत नरहेको दाबी गरे ।

सरकार कटिबद्ध भएर लाग्ने हो भने मुलुकको कुनै पनि स्थानमा निर्वाचनको विरुद्धमा कुनै पनि गतिविधि हुन नसक्ने सापकोटाको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>