थप समाचारआइतबार, भाद्र ९, २०७०
काभ्रेलाई पनि बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणाको तयारी
पछिल्लो समय काभ्रे, धुलिखेल–१ बखुण्डोलस्थित प्रभात पोल्ट्री एण्ड ह्याचरीमा वर्डफ्लु पुष्टि भएको जिल्ला पशु सेवा कार्यलय काभ्रेले जनाएको छ ।
जिल्लाकै ठूलो मानिएको यो फर्ममा ३३ हजार प्यारेन्ट स्टक जातका कुखुरा छन् । यो सँगै काभ्रेमा बर्डफ्लु पुष्टि भएका फार्मको संख्या ६ पुगेको छ ।
एकपछि अर्को फर्ममा बर्डफ्लु भएको पुष्टि भएपछि कुखुरा, दाना, अण्डा नष्ट गरेर आसपासको क्षेत्रलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी भएको पशु सोव कार्यालयका प्रमुख डा. सम्झना काफ्लेले जानकारी दिएकी छन् ।
यसअघि काठमाडौं, भक्तपुर र ललितपुरलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरिसकिएको छ ।
नगेन्द्र अधिकारी, काभ्रे
