समाचारआइतबार, भाद्र ९, २०७०
४१ करोड भ्रष्टाचार भएको अख्तियारको ठहर
विद्युत् ट्रान्सफर्मर खरिदमा भ्रष्टाचार गरेको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवसहित १० जना उच्च अधिकारीविरुद्ध विशेष अदालतमा ९ भदौमा मुद्दा दायर गरिएको हो ।
अख्तियारले अभियुक्तहरू विरुद्ध रु ४१ करोड माग दाबीसहित मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।
भ्रष्टाचारको अभियोगमा कार्यकारी निर्देशक यादवसहितका उच्च अधिकारीलाई अख्तियारले हालै पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको थियो ।
