समाचारआइतबार, भाद्र ९, २०७०

अठ्तीस चिकित्सकद्वारा सामूहिक राजीनामा

हिमालखबर

आफूहरुमाथि दुव्र्यबहार भएको भन्दै विरोधमा कोसी अञ्चल अस्पतालका ३८ चिकित्सकहरुले सामूहिक राजीनामा दिएपछि अस्पतालको आकस्मिक सेवा बाहेक अस्पतालको सम्पूर्ण सेवा बन्द भएको छ ।

दुई दिनअघि लक्ष्मीपुरकी २७ वर्षीया आजम परविनको शल्यक्रियाद्वारा बच्चा जन्माइएको १० घण्टापछि मृत्यु भएको थियो । परविनको मृत्युपछि आफन्तहरूले अस्पतालमा हो–हल्ला गर्नुका साथै प्रसूति विभागका चिकित्सक योगेन्द्र मिश्रलाई हातपातसमेत गरेका थिए ।

चिकित्सकहरुले आफ्नो सुरक्षा हुन नसकेको भन्दै सामूहिक राजीनामा दिएपछि पूर्वाञ्चल क्षेत्रीय प्रशासक शङ्करप्रसाद अधिकारीले समस्या समाधानको प्रयास गरे पनि असफल भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>