समाचारसोमबार, भाद्र १०, २०७०

माओवादी नआएपनि निर्वाचन हुन्छ: देउवा

हिमालखबर

१० भदौमा चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेता देउवाले नेकपा–माओवादीलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन हदैसम्म लचिलो हुँदा पनि उनीहरु सहमतिमा नआएको भन्दै अब माओवादी नआए पनि निर्वाचन भने नरोकिने दाबी गरेका छन् ।

यद्दपी माओवादीलाई सहमतिमा ल्याउन अझै पनि प्रयास भइरहेको दावी गर्दै देउवाले भने, “माओवादीलाई मैले नै वार्तामा ल्याएको हुँ, अझै पनि केही समय छ अन्तिम समयसम्म पनि प्रयास हुनेछ ।”

देउवाले सरकार र निर्वाचन मिति परिवर्तन बाहेकका अन्य मुद्दामा नेकपा–माओवादी सहितका दलहरुसँग छलफल गर्न आफूहरु जहिले पनि तयार रहेको बताए । उनले भने, “मिति सार्दा फेरि निर्वाचन हुन्छ भन्ने ग्यारेण्टि छैन, त्यसैले मिति र सरकारका विषयमा छलफल हुँदैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>