समाचारमंगलबार, भाद्र ११, २०७०
माओवादीलाई छाडेरै निर्वाचन: महतो
सद्भावना पार्टीले ११ भदौमा जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र महतोले चारदलीय राजनीतिक संयन्त्र चुनावको बाधक हुने भए संयन्त्रलाई हटाएर भए पनि तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।
अबको चुनावमा विचार मिल्ने पार्टीसँग सद्भावनाले चुनावी गठबन्धन गर्ने पनि महतोले जानकारी दिए ।
पार्टीको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकपछि आयोजित पत्रकार सम्मेलनमा महतोले आगामी संविधानसभाको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भूमिगत सशस्त्र समूहहरुसँग वार्ता गर्न र केही दिनअघि रुपन्देहीको असोरैनामा भएको युवक हत्याको घटनाको छानबिन गर्न सरकारसँग माग गरे ।
उपाध्यक्ष, महासचिव र प्रवक्ता चार चार जना
बैठकले केन्द्रीय समितिमा १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, ४ महासचिव, ४ जना प्रवक्ता र ५ जना सचिव राख्ने निर्णय गरेको छ । पछिल्लो समय पार्टी प्रवेश गरेकाहरुलाई पद बाँडफाँड गर्नका लागि यती धेरै पद सृजना गरेको सो पार्टीले जनाएको छ ।
इश्वरचन्द्र झा, जनकपुर
