थप समाचारमंगलबार, भाद्र ११, २०७०

सिरियामा राष्ट्रसङ्घीय अधिकारीको हत्या

हिमालखबर

सिरियामा रासायनिक हतियारको प्रयोग भएको विषयमा निरीक्षणका लागि गएका संयुक्त राष्ट्रसंघीय टोलीका सदस्यलाई राजधानी दमास्कस नजिकै अपरिचित समूहले गोली प्रहार गरी हत्या गरेको छ । राजधानी दमासकसबाट पूर्वी प्रान्ततर्फ गइरहेका बेला गोली हानिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

हत्याको जिम्मेवारी कसैले पनि लिएको छैन भने सिरियाली सरकारले पनि यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

रासायनिक हतियारको प्रयोगसम्बन्धी अनुसन्धानका लागि विभिन्न अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसङ्घले नै आग्रह गरेपछि सिरिया सरकारले उक्त अनुमति दिएको थियो ।

यो हत्यासँगै सिरियामा काम गर्ने राष्ट्रसङ्घका अधिकारीहरुले सुरक्षाको माग गरेका छन् । संयक्त राष्ट्रसङ्का प्रवक्ता मार्टिन नेसर्कीले भनेका छन्, “त्यहाँ रहेका राष्ट्रसङ्का अधिकारीहरुको सवारीमाथि नै आक्रमण भएको थियो, उक्त प्रहारबाट एकजना निरीक्षकको ज्यान गएको छ ।”

यो अवस्थाले सिरियामा काम गर्न गाह्रो छ भन्ने सन्देश दिएको प्रवक्ता नेसर्कीले बताएका छन् ।

सिन्ह्वा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>