समाचारमंगलबार, भाद्र ११, २०७०

उडिसामा माओवादीद्वारा चार सुरक्षाकर्मीको हत्या

हिमालखबर

भारत, उडिसा राज्यको कोरापुटमा १८ जना विएसएफका सुरक्षाकर्मी रहेको गाडीलाई लक्षित गरी ११ भदौमा माओवादीले एम्बुस विष्फोट गराउँदा कम्तीमा पनि चार जना सुरक्षाकर्मीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सुरक्षाकर्मीहरुको गाडी नियमित गस्तीका क्रममा पतंगीबाट सुन्कीतर्फ जाँदै गरेको बताइएको छ ।

सडकमा ‘इम्प्रोभाइज्ड इक्सप्लोसिभ डिभाइस’ ओच्छाएर गराइएको विष्फोटमा सुरक्षाकर्मीका गाडीहरुमध्ये पहिलो गाडी परेको र त्यहाँ केही बेर गोली हानाहान समेत भएको प्रारम्भिक जानकारी गराइएको छ ।

कोरापुट उडिसाको भुवनेश्वरबाट ३६३ किलोमिटरको दुरीमा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>