थप समाचारमंगलबार, भाद्र ११, २०७०

गाउँमा स्याउ कुहिए, बजारमा विदेशबाट आयात

हिमालखबर

रुकुमका दुर्गम गाविसहरु तकसेरा, हुकाम, मैकोट, स्यालाखदी, गोतामकोट, सिस्ने र जाङमा उत्पादन भएको स्याउ स्थानीय बजारमा दुई रुपैयाँ दाना बिक्रि भइरहेको छ भने सदरमुकाममा विदेशबाट आयातित स्याउको मूल्य प्रति दाना ३० देखि ५० रुपैयाँ सम्म छ ।

मकै खेति गर्ने जग्गामा स्याउ उत्पादन गरेर धेरै फाइदा लिने आशमा रहेका यहाँका किसानहरु स्याउले बजार नपाउँदा चिन्तित् भएका छन् । यसो हुनुको मुख्य कारण भनेको बजारसम्म स्याउ पुर्‍याउनका लागि ढुवानीको समस्या छ । सडक छैन, गाडि चल्ने कुरै भएन ।  भएको घोडेटो बाटो पनि बर्खाको पानी र पहिरोले ठाउँठाउँमा बगाइदिएको छ । यसै पनि  खच्चर र घोडामा ढुवानी गर्दा स्याउ थिच्चिएर बिग्रने  हुन्छ ।

“पाँच बर्षदेखि स्याउ फलाउन लागेको छु तर, अहिलेसम्म २० रुपैया किलोभन्दा बढी मूल्य पाएको छैन,” तकसेराका किसान बलबहादुर पुनले भने, “आधाभन्दा बढी स्याउ त कुहिएरै जान्छ ।”

रुकुममा यसवर्ष ३ हजार ६ सय टन स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद अधिकारीले सात गाविसमा २ सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती हुने गरेको बताए ।

फलेको स्याउ बिक्री नहुँदा गाईभैसीलाई ख्वाउन र मदिरा उत्पादन गर्न प्रयोग भइरहेको पनि उनले जानकारी दिए ।
लक्ष्मण केसी, रुकुम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>