थप समाचारमंगलबार, भाद्र ११, २०७०
तीन दिनदेखि मकवानपुरका निजी बिद्यालय ठप्प
मकवानपुरका ७३ निजी बिद्यालयहरु शिक्षक आन्दोलनका कारण बन्द हुँदा करिब २१ हजार बिद्यार्थीको पढाई अवरुद्ध भएको छ ।
तलब बृद्घि, नियुक्ति पत्र, सञ्चय कोष, उपदान, बिमा लगायत दश सूत्रीय माग राख्दै मकवानपुरका निजी बिद्यालयका शिक्षकहरु एक महिनाअघिदेखि आन्दोलित छन् ।
नेपाल संस्थागत बिद्यालय शिक्षक युनियन (नेपाल–ईस्टु) र संस्थागत बिद्यालय शिक्षक युनियन (इस्टु) को अगुवाइमा आन्दोलनरत शिक्षकहरु र विद्यालय सञ्चालकहरुबीच पटकपटक वार्ता भएपनि कुनै सहमति हुन सकेको छैन । शिक्षकहरुले तत्काल १८ प्रतिशत तलब वृद्धिको माग गर्दै आएका छन् ।
यसैबिच, संस्थागत बिद्यालय शिक्षक, कर्मचारी, चालक, सहचालक संयुक्त संघर्ष समितिले ११ भदौमा प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याललाई
ज्ञापन पत्र बुझाउँदै नीतिगत रुपमा सहमति भईसकेका माग कार्यान्वयन गराउन पहल गरिदिन आग्रह गरेको छ ।
मकवानपुरमा ७३ संस्थागत विद्यालयमा करिब १ हजार ५०० शिक्षक कार्यरत रहेका छन् ।
अशोकसुजन श्रेष्ठ, हेटौँडा
