समाचारमंगलबार, भाद्र ११, २०७०

संघीय समाजवादीसँगको वार्ता निष्कर्षविहीन

हिमालखबर

वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाएमालेका नेता रघु पन्तले सङ्घीय समाजवादी पार्टीले राखेको मागमा समितिमै आन्तरिक छलफल गर्नुपर्ने देखिएकाले पुनः वार्तामा बस्ने गरी आजको वार्ता स्थगित भएको बताएका छन् ।

राईले भने समितिमा सहभागी दलहरू कुनै पनि तयारी नगरिकन आएकाले वार्तामा कुनै पनि विषयमा कुराकानी हुन नसकेको र समिति वार्ताप्रति जिम्मेवार नभएको आरोप लगाए ।

संघीय समाजवादी पार्टीले समानुपातिक सिट सङ्ख्या बढाउनुपर्ने, गोलमेच सम्मेलन गर्नुपर्ने लगायतका मागहरू राखेको छ ।

“हाम्रा मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा समितिले पुनः स्पष्ट कार्यसूची ल्याउने विश्वास भने कायमै छ । ” अध्यक्ष राईले भने ।

बैठकमा समितिका संयोजक एवम् कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल र मधेशी जनअधिकार फोरम नेपालका वरिष्ठ नेता भरतविमल यादव सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>