समाचारबुधबार, भाद्र १२, २०७०
माओवादीका लागि बहिष्कार आत्मघातीः ज्ञवाली
१२ भदौमा मोरङमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले नेता प्रदीप ज्ञवालीले नेकपा–माओवादीको गोलमेच सम्मेलन निर्वाचन हुन नदिने चाल मात्र भएको आरोप लगाउँदै निर्वाचन बहिस्कार गरेमा नेकपा–माओवादीका लागि आत्मघाती कदम हुने बताए । माओवादीको निर्वाचन विथोल्न सक्ने हैसियत समेत नभएको ज्ञवालीको ठहर छ ।
एमाले प्रचार विभाग प्रमुखसमेत रहेका ज्ञवालीले संविधानसभाको निर्वाचनको मिति कुनै हालतमा पनि नसर्ने र माओवादीको बहिष्कारले प्रतिगामी तत्वलाई मात्र फाइदा पुग्ने बताए ।
नेता ज्ञवालीले एमालेले प्रत्यक्ष निर्वाचनबाट १०६ सिट जित्ने दाबीसमेत गरेका थिए ।
