समाचारबुधबार, भाद्र १२, २०७०

राईलाई मनाउने जिम्मा कोइराला र खनाललाई

हिमालखबर

समितिका संयोजक एवम् कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा १२ भदौमा भएको छलफलमा अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीलाई निर्वाचनमा ल्याउनका लागि पहल गर्ने जिम्मेवारी सभापति कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललाई दिइएको छ ।

“उहाँहरुले अनौपचारिक छलफलपछि औपचारिक वार्ता गरेर सहमतिको प्रयास गर्नु हुनेछ,” बैठकमा सहभागि मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने ।

बैठकले नेकपा–माओवादी नेतृत्वको मोर्चा निर्वाचनमा आउने सम्भावन न्यून रहेको ठहर गरे पनि सहमतिको प्रयास भने अन्तिम समयसम्म गर्ने पनि यादवले वताए ।

बैठकमा कांग्रेस सभापति कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल, फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार र फोरम नेपालका अध्यक्ष यादव सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>