समाचारबुधबार, भाद्र १२, २०७०
कर्मचारीको अभाव हुन नदिन अख्तियारको निर्देशन
भ्रष्टाचारको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय, नेपाल विद्युत् प्राधिकरण र वैदेशिक रोजगार विभागका कर्मचारी पक्राउ परेपछि कर्मचारीको अभावमा सेवाग्राहीले सास्ती झेल्नु परेका गुनासा आयोगमा आएकाले तत्काल आवश्यक जनशक्तिको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको आयोगका प्रवक्ता श्रीधर सापकोटाले बताए ।
समयमा नै पर्याप्त कर्मचारी पठाउन श्रम तथा रोजगार, गृह र ऊर्जा मन्त्रालयका सचिवका साथै कर्मचारी अभाव भएका कार्यालयका प्रमुखलाई पत्राचार गरिएको जानकारी दिँदै उनले “कर्मचारी नहुँदा उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित मन्त्रालय र विभागले लिनुपर्ने पत्रमा स्पष्ट लेखिएको” बताएका छन् ।
रासस
