समाचारबिहीबार, भाद्र १३, २०७०

भारतीय आतंकवादी भटकल सीमाक्षेत्रबाट पक्राउ

हिमालखबर

उग्रवादी संस्था ‘इंडियन मुजाहिद्दीन’ का संस्थापक, भारतीय प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका यासीन भटकल नेपाल–बिहारको सीमा बेतिया नजिकबाट पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भारतीय गृह मंत्री सुशील कुमार शिंदेले भटकलको गिरफ्तारी पुष्टि गरेका छन् ।

भटकल भारतमा पक्राउ परेको सम्म आफूलाई थाहा भएको तर भारतीय भूमीमा भारतीय प्रहरीले पक्राउ गरेकाले यसबारे धेरै जानकारी नभएको नेपाल प्रहरीका प्रवक्ता नवराज सिलवालले वताए ।

उनले भने, “भटकल नेपालबाट पक्राउ परेको हैन, भारतमै पक्राउ परेको भन्नेसम्म हामीलाई जानकारी छ ।”

मुंबई पुलिसले १० र दिल्ली पुलिसले १५ लाख रुपैयाँको इनाम समेत राखेका भट्कललाई अमेरिकाले समेत आतंकवादीको सूचिमा राखेको छ ।

३० वर्षीय भटकलसँगै अर्का उग्रवादी असुदुल्लाह अख्तर पनि गिरफ्तार भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भटकलले भारतको दिल्ली, जयपुर, बनारस, अहमदाबाद, सूरत, मुंबई, पुणे, हैदराबाद र बेंगलुरुमा भएका बम विष्फोटमा संलग्न भएको आरोप छ ।

टुंडाको बयानका आधारमा पक्राउ
३२ साउनमा महेन्द्रनगरको सीमावर्ती भारतीय बजार बनवासा क्षेत्रबाट पक्राउ परेका अब्दुल करीम टुंडाले दिएको बयानको आधारमा भटकललाई पक्राउ गरिएको बताइएको छ ।

टुंडाले भारतीय सुरक्षा निकायलाई भटकल बेला बेला नेपालमा बस्ने गरेको भन्दै  सीमा क्षेत्रमा उसका अड्डाहरुका बारेमा जानकारी दिएपछि भटकललाई पक्राउ गरिएको भारतीय टेलिभिजन आजतकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>