समाचारबिहीबार, भाद्र १३, २०७०
वाइसीएल आक्रमणको कांग्रेसद्वारा निन्दा
१२ भदौ राति चुनावी कार्यक्रममा रुकुमको छिवाङ पुगेका नेपाली कांग्रेस नेताहरु गोपालजीजंग शाह, प्रेमप्रकाश ओली लगायतमाथि वाइसीएल कार्यकर्ताहरुले आक्रमण गरेका थिए भने शाहका सुरक्षा गार्डलाई कुटपिट गरी उनीसँग रहेको पेस्तोल समेत कब्जामा लिएका थिए ।
नेपाली कांग्रेसले १३ भदौमा विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न पाउने नागरिकको अधिकारमाथि एमाओवादीले ठाडो हस्तक्षेप गरेको भनेको छ ।
“एनेकपा माओवादी सम्वद्ध वाइसिएलका कार्यकर्ताहरुबाट भएको यस्तो अराजक र उच्छृखंल क्रियाकलापको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले घटनामा संलग्न एनेकपा माओवादी सम्वद्ध वाईसिएलका कार्यकर्ताहरुलाई कडा भन्दा कडा कार्वाही गर्न सरकारसँग माग समेत गरेको छ ।
