थप समाचारबिहीबार, भाद्र १३, २०७०
लडाकु कमाण्डर कांग्रेसमा
एमाओवादी सम्वद्ध नेवा राज्य समितिका सदस्यसमेत रहेका माओवादी लडाकुका पूर्व सैन्य कमाण्डर यमबहादुर थापा, बेरोजगार युवा संघका जीतबहादुर के.सी., वाईसिएल काठमाडौँका सदस्य पंकज मल्ल, सुरेश गिरी लगायत विभिन्न जिल्लाका ४४१ जना एनेकपा माओवादीका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेको उक्त पार्टीले जनाएको छ ।
गोरखा काठमाडौँ प्रजातान्त्रिक समाजको संयोजनमा भएको कार्यक्रममा नवप्रवेशीहरुलाई कांग्रेस सभापति सुशील कोइरालाले पार्टीमा स्वागत गरेका थिए ।
