थप समाचारशुक्रबार, भाद्र १४, २०७०
अरुणमाथि पुल, यसै महिना निर्माण सकिने
अरुण नदीमाथि बन्दै गरेको ‘सिंगल स्पान स्टिल ट्रस्ट ब्रिज’ १२० मिटर लम्बाईको उक्त पुलमा पिच ओच्छ्याउने कार्य भइरहेको छ ।
कालिका कष्ट्रक्सनले निर्माण शुरु गरेको यो पुलमा यातयात भने दशैंदेखि शुचारु गर्ने ठेकेदार कम्पनीले जनाएको छ ।
पुल निर्माणपछि नेपालको तराईदेखि चीनको तिब्बतसम्मको यातायात सहज हुनेछ । पुलका लागि वेलायतको अन्तिराष्ट्रिय बिकास बिभाग (डिफिड) ले ६५ करोड २५ लाख (४५ लाख पौण्ड) आर्थिक सहयोग गरेको छ ।
छेटु शेर्पा, सङ्खुवासभा
