समाचारशुक्रबार, भाद्र १४, २०७०

अधिकारी हत्या प्रकरण: न्याय माग गर्दै धर्ना

हिमालखबर

गोरखाका गंगामाया र नन्दप्रसाद अधिकारीका छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग गर्दै १४ भदौमा द्वन्द्वपीडित टुहुरा समाज नेपाल, बेपत्ता परिवार राष्ट्रिय सञ्जाल नेपाल, द्वन्द्वपीडित राष्ट्रिय समाज नेपाल, बाँदरमुढे घटना पीडित सरोकार समिति, न्यायका लागि द्वन्द्वपीडित समाज नेपाल, द्वन्द्वपीडित समिति बर्दिया, सामाजिक न्याय समिति नेपाल, द्वन्द्वपीडित अपाङ्ग सङ्घ दोलखा र नेपाल माओवादी पीडित सङ्घले एक घन्टा धर्ना दिएका छन् ।

न्यायका लागि द्वन्द्वपीडित समाज नेपालका अध्यक्ष जनकबहादुर रावतले अधिकारीको हत्यारालाई शीघ्र पक्राउ गरी न्यायका लागि आमरण अनशनमा बसिरहेका मृतकका आमाबाबुको जीवन रक्षा गर्नुपर्ने बताए ।

एक महिनाभन्दा बढी लामो समयदेखि अनसन गरिरहेका मृतक कृष्णप्रसादका आमा गङ्गामाया र बुबा नन्दप्रसाद अधिकारीलाई चिन्ताजनक स्वास्थ्यअवस्थामा ४ भदौदेखि वीर अस्पतालको सघन उपचार कक्षमा राखिएको छ । अस्पतालमा पनि अधिकारी दम्पतीको अनसन जारी नै छ । त्यसअघि उनीहरु प्रधानमन्त्री निवास बालुवाटार नजिक अनशनमा बसेका थिए ।

चितवनमा रहेका आफ्ना हजुरबा–आमालाई भेट्न गएका कृष्णप्रसादलाई २४ जेठ २०६१ मा माओवादी कार्यकर्ता जानुका पौडेल, छविलाल पौडेल, भीमसेन पौडेल, पर्शुराम पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, सीता अधिकारीलगायतले अपहरण गरी हत्या गरेको अधिकारी परिवारले किटानी जाहेरी दिएका छन् ।

अधिकारी दम्पतीको अनसन तोडाउन सरकारको गुहार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>