समाचारशनिबार, भाद्र १५, २०७०
लोकतान्त्रिक शक्तिबीच समझदारी आवश्यक: पौडेल
१५ भदौमा पोखरामा भएको कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले देशलाई निकास दिन संविधान सभा निर्वाचनलाई सफल बनाउनु पर्ने बताए । “केही दलले विमति राखेर विरोध गरे पनि मंसीर ४ मा चुनाव हुन्छ,” उनले भने, “चुनावलाई सफल बनाउनु पर्ने दायित्व हामी सबैको हो । ”
नेता पौडेलले संक्रमणकालिन अवस्थामा लोकतान्त्रीक शक्तिबीचमा समझदारी आवश्यक रहेको बताए । उनले भने,“सिट बाडफाँड गर्न सकौंला/नसकौला, चुनावमा मिलेर लड्न मिल्ला/नमिल्ला, तर, लोकतन्त्रमा आस्था राख्ने पार्टीहरुबीचमा राम्रो सझदारी देशले चाहेको छ ।”
अझै पनि लोकतन्त्रमाथि प्रत्यक्ष–परोक्ष आक्रमण भइरहेको भन्दै नेता पौडेलले लोकतन्त्रको स्थायित्वका लागि लोकतन्त्रवादीहरु एक हुनुपर्ने बेला आएको बताएका थिए ।
माधव बराल, पोखरा
