समाचारशनिबार, भाद्र १५, २०७०
पूर्व राज्यमन्त्री सुरिता तमलोपामा
पूर्ब सूचना राज्यमन्त्री समेत रहेकी सुरिता साह र पूर्ब सभासद सलमा खातुन मिकरानी तमलोपामा प्रबेश गरेका छन् ।
१५ भदौमा जनकपुरमा आयोजित कार्यक्रममा तमलोपा अध्यक्ष महन्थ ठाकुरले नेतृद्वयलाई पार्टी प्रवेश गराएका हुन् । फोरम गणतान्त्रिक हुँदै जयप्रकाश गुप्ताको तराई मधेश राष्ट्रिय अभियनसँग जोडिन पुगेकी साह विगठित संविधान सभाकी सभासद् पनि हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै तमलोपा अध्यक्ष ठाकुरले सुरक्षा निकाय, निर्वाचन आयोग, सरकार र राजनीतिक दलहरु निर्वाचनको तयारीमा रहेकाले ४ मंसीरको निर्वाचन कुनै हालतमा नसर्ने बताए ।
ठाकुरले मोहन बैद्य नेतृत्वको माओवादी निर्वाचनमा सहभागी हुनेमा आफू आशावादी रहेको बताएका थिए ।
इश्वरचन्द्र झा, जनकपुर
