समाचारशनिबार, भाद्र १५, २०७०
एमाओवादीको अभिव्यक्तिमा एमालेको आपत्ति
नौ वर्षअघि माओवादीद्वारा हत्या गरिएका छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कार्वाहीको माग गर्दै लामो समयदेखि अनशनमा बसेका गोरखाका गंगामाया र नन्दप्रसाद अधिकारीको स्वस्थ्य अवस्था विग्रदै गएपछि नेकपा एमाललेले उनीहरुको माग बारे गम्भीर हुन सरकारलाई आग्रह गरेको हो ।
विभिन्न राजनीतिक दल, राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकारकर्मी र नागरिक समाजले गम्भीर ध्यानाकर्षण गरे पनि हत्याको अनुसन्धान प्रक्रिया सन्तोषजनक ढंगले अगाडि बढ्न नसकेको र एमाओवादीबाट उक्त अनुसन्धान कारबाहीलाई अवरुद्ध गर्ने र अधिकारी दम्पतीको संवेदनशीलतामाथि लाञ्छना लगाउनेजस्ता बिडम्वनापूर्ण अभिव्यक्ति आएकामा बैठकले आपत्ति जनाएको छ ।
बैठकले अधिकारी दम्पतीका मागलाई यथाशीघ्र सम्बोधन गरी उनीहरूको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।
यस्तै बैठकमा अध्यक्ष झलनाथ खनालले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै संविधानसभा निर्वाचनका लागि कार्ययोजना प्रस्ताव प्रस्तुत गरेका छन् । उक्त प्रस्तावबारे केन्द्रीय समिति सदस्यहरुले १६ भदौमा आफ्ना धारणा प्रस्तुत गर्ने छन् ।
एमाले केन्द्रीय कमिटीको बैठक १६ भदौ बिहान ११ बजे सम्मका लागि स्थगित भएको छ ।
