थप समाचारआइतबार, भाद्र १६, २०७०

बाढी पीडितलाई एफएमको सहयोग

हिमालखबर

श्रीनगर एफएमले राष्ट्रिय कलाकारको उपस्थितिमा १५ भदौमा भएको प्रतियोगितामा टिकट बिक्रीबाट उठेको २७ हजार रुपैयाँमध्ये ७५ प्रतिशत दार्चुलाका बाढी पडितका लागि र २५ प्रतिशत पाल्पाका बाढी पीडितका लागि सहयोग गरेको छ ।

उक्त रकम रेडियोका अध्यक्ष भिमसेन कार्कीले प्रमुख जिल्ला अधिकारी शिवराज जोशीलाई हस्तान्तरण गरेका छन् ।
एफएमले विभिन्न जिल्लाबाट आएका ५ सय ९५ जना प्रतियोगीमध्ये उत्कृष्ट ५ जनाको छनौट गरी तानसेन अनलाईन तिज गीत प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतियोगितामा बन्दीपोखरा पाल्पाकी विष्णु ठट्टराई उत्कृष्ट भईन भने गुल्मी अर्वेनीका नविन परियार दोस्रो र श्रीकृष्ण गण्डकी स्याङ्ग्जाका प्रेम विकले तेस्रो स्थान हात पारे ।

प्रतियोगितामा उत्कृष्ट ठट्टराई लाई प्रजिअ जोशी र एफएमका अध्यक्ष कार्कीले नगद १० हजार सहित प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगितामा राष्ट्रियस्तरका कलाकारहरु पशुपति शर्मा, रामचन्द्र चन्द, सपना गाहा, प्रेम लामिछाने मगरका गीतमा तानसेनबासी रमाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>