थप समाचारआइतबार, भाद्र १६, २०७०

बेपत्ता स्वास्थकर्मी छेदीलालको हत्या

हिमालखबर

सप्तरी घर भई ताप्लेजुङको थुकिमास्थित माश्रिङ स्वास्थ्य चौकीमा कार्यरत अहेव छेदीलाल साहको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

ताप्लेजुङ खाम्लुङ–३ का २० वर्षीय महेन्द्र सामेखाम, खाम्लुङ–३ कै २२ वर्षीय चन्द्रहाङ नाल्बो र खाम्लुङ–२ का २८ वर्षीय तेन्जिङ भनिने दिपेन नाल्बोलाई साहको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न खाम्लुङ–१ का जोन नाल्बो र खाम्लुङ २ का बिसाल नाल्बो अझै फरार रहेको प्रहरीले बताएको छ ।

अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक कुमार बाबु थापाका अनुसार अभियुक्तहरुले खाम्लुङकै रामदुवालीमा लाग्ने हाटमा २४ असार राति मदिरा सेवन गरी बाटोमा भेटिने जसलाई भेटे पनि लुट्ने नियतका साथ हिडेका थिए । उनीहरुले खाम्लुङ १ स्थित सुजि चौतारोमा छेदिलाल साहलाई भेटेपछि लुट्ने प्रयास गर्दा साहले प्रतिकार गरेपछि खुकुरी प्रहार गरी हत्या गरेका थिए । अभियुक्तहरुले साहलाई हत्यापछि नजिकै रहेको मेवा खोलामा फालेको स्वीकार गरेका छन् ।

सप्तरीको खोक्सारप्रभाका साह लामो वेपत्ता भएपछि स्वास्थ्यकर्मी संघले उनको खोजीको माग गर्दै मुलुक भरका स्वास्थ्य केन्द्रहरु ठप्प पार्ने चेतावनी सहित आन्दोलन शुरु गरेको थियो । घटनामा संलग्नलाई पक्राउपछि स्वास्थ्यकर्मीहरुको आन्दोलन फिर्ता भएको छ ।

राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ्

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>