समाचारआइतबार, भाद्र १६, २०७०

थापाले भने, ‘दमन भए प्रतिकार हुन्छ’

हिमालखबर

१६ भदौमा वीरगन्जको माइस्थानमा आयोजित कार्यक्रममा माओवादी महासचिव रामबहादुर थापाले हतियारको बलमा चुनाव गर्न खोजिए सशक्त रुपमा प्रतिकार गर्ने बताएका छन् ।

उनले आफूहरु चुनाव विरोधी नभएको दाबी गर्दै वर्तमान सरकारले गराउने चुनावले समाधान दिन नसक्ने भएकाले ४ मंसीरको निर्वाचनको विरोध गरेको बताए ।

उनले वार्ताबाट समाधान ननिस्किए आफूहरुले सडक सङ्घर्षबाटै समाधान दिने दाबी गर्दै चार दलीय संयन्त्रबाट वार्ताका लागि आएको प्रस्तावमा ३३ दलीय मोर्चामा छलफल चलिरहेको जानकारी दिए ।

कार्यक्रममा एमाओवादीका निवर्तमान सभासद् इस्लाम हवारीसहित विभिन्न पार्टीका ८० जना नेता र कार्यकर्ता नेकपा–माओवादीमा प्रवेश गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>