समाचारसोमबार, भाद्र १७, २०७०

नाम सिफारिस नभएपछि रिसाइन् सुजाता

हिमालखबर

बाबु गिरिजाप्रसाद कोइरालाको क्षेत्र मोरङ–१ बाट आफ्नो नाम सिफारिस नभएपछि कांग्रेस नेतृ सुजाता कोइरालाले गलत नाम सिफारिस भएको  आरोप लगाएकी छन् ।

१७ भदौमा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै  कोइरालाले पार्टीभित्र गिरिजाप्रसाद कोइराला निकटका ब्यक्तिलाई अघि बढ्न नदिने षडयन्त्र भइरहेको आरोप लगाइन् । उनले गलत व्यक्तिको सिफारिसबाट पार्टी कमजोर हुनुका साथै राष्ट्र, राष्ट्रियता र समाजवाद खतरामा पर्ने दाबी गरिन् । पार्टीले महिला, मधेशी, जनजातिलगायतलाई संविधानसभा निर्वाचनमा उम्मेदवार नबनाए ठूलो पराजय भोग्ने सुजाताको चेतावनी थियो ।

विघटित संविधानसभा निर्वाचनमा सुनसरी- ५ बाट पराजित भएकी सुजाताले यसपटक मोरङ १ बाट उम्मेदवारी दिने चाहना राखेकी थिइन् ।

मोरङ कांग्रेसले १ नम्बरबाट साविक विजेता आमोदप्रसाद उपाध्यायसँगै विशाल गौतम र जयन्तीदेवी दासको नाम प्रत्यक्षमा सिफारिस गरेको छ भने समानुपातिकतर्फ शिवनारायण सिंह, रामनारायण मण्डल, गुलाम महोद्धिन र केदार नेपालीलाई सिफारिस गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>