समाचारसोमबार, भाद्र १७, २०७०

कोइरालाको नाम दुई क्षेत्रबाट सिफारिस

हिमालखबर

नेपाली कांग्रेस बांकेको क्षेत्रीय समितिको भेलाले सुशील  कोइरालालाई बाँके १ र २ बाट संविधान सभा निर्वाचनमा उम्मेदवारीका लागि सिफारिस गरेको छ ।

यसअघिका सबै निर्वाचनमा ३ नम्बरबाट मात्रै चुनाव लड्दै आएका कोइरालाका लागि अहिले १ नम्बर क्षेत्र बलियो रहेको क्षेत्रीय अध्यक्ष माधव खत्रीले बताएका छन् ।

२०४८ सालमा भएको पहिलो संसद्को निर्वाचनमा बाँके क्षेत्र नं ३ बाट विजयी भएका कोइरालालाई २०५१ को मध्यावधि निर्वाचनमा राप्रपाका उम्मेदवारले हराएका थिए । त्यसपछि २०५४ को निर्वाचनमा विजयी भएका कोइराला २०६४ को संविधानसभा निर्वाचनमा मधेशी जनअधिकार फोरम नेपालका सर्वदेव ओझासँग पराजित भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>