थप समाचारमंगलबार, भाद्र १८, २०७०
बाँकेमा दुर्घटनामा तीनको मृत्यु
कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार प्युठानबाट नेपालगन्ज आउँदै गरेको बस र धनगढीबाट काठमाडौँ गइरहेको ट्रक बाँके कचनापुर नजिक पूर्वपश्चिम राजमार्गमा आपसमा १७ भदौ अपरान्ह ठोक्किदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
मृतकमध्ये कैलाली मालाखेती–८ का ट्रकचालक दलबहादुर ओलीको मात्र सनाखत हुन सकेको छ भने मृतक दुई जना महिलाको नाम, ठेगाना खुल्न नसकेको प्रहरी नायब उपरीक्षक माधव श्रेष्ठले बताए ।
घाइते सबैको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
