समाचारसोमबार, भाद्र १७, २०७०
निर्वाचन ४ मंसीरमैः कमल थापा
हेटौंडामा आयोजित पार्टी कार्यक्रममा बोल्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा प्रेस स्वतन्त्रताका साथै मानवअधिकारको प्रत्याभूति गर्न र संसदीय प्रजातन्त्रको स्थायित्वका लागि नयाँ संविधानसभाको निर्वाचन अपरिहार्य भएको बताएका छन् ।
मुलुकमा संसदीय प्रजातन्त्र, राष्ट्रिय अखण्डता अहिले धरापमा परेको भन्दै थापाले सबै राष्ट्रवादी शक्तिबीच समझदारी र एकता हुनुपर्नेमा जोड दिएका थिए ।
