समाचारमंगलबार, भाद्र १८, २०७०

चितवनका निजी विद्यालयहरु बन्द

हिमालखबर

निजी विद्यालयमा कार्यरत शिक्षकहरुले सरकारी शिक्षा नियमावली अनुसारको सेवा सुविधा र यस आर्थिक वर्षबाट वृद्धि भएको सरकारी तलब अनुसारको पारिश्रमिक पाउनुपर्ने माग राख्दै चितवनको निजी विद्यालयहरु बन्द गराएका छन् ।

तलब वृद्धि लगायतका आफ्ना पाँचबुंदे मागप्रति प्याब्सन चितवनले बेवास्ता गरेकोले विद्यालयहरु बन्द गर्नुपरेको इष्टु नेपाल चितवनका संयोजक विजय पाण्डेले बताए । मागहरुका सम्बन्धमा जिल्ला शिक्षा कार्यालय र प्याब्सन चितवनसँग १७ भदौमा भएको वार्ता विनानिष्कर्ष टुङ्गिएपछि विद्यालय बन्द गरिएको संयोजक पाण्डेले जानकारी दिए ।

सञ्चालन भएका केही नीजि विद्यालयहरुलाई पनि इष्टुमा आवद्ध शिक्षकहरु पुगेर बन्द गराएका छन् ।

यता संस्थागत विद्यालय अभिभावक संघ चितवनले विद्यालय बन्दको विरोध गरेको छ । संघका अध्यक्ष राजेन्द्र न्यौपानेले वार्ताबाटै समस्याको समाधान गर्न आग्रह गरेका छन् ।

बन्दका कारण जिल्लाका १ सय ६६ वटा निजी विद्यालयहरु बन्द भएका छन् । जिल्ला शिक्षा कार्यालय चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले शिक्षकले नै विद्यालय बन्द गराउँदा विद्यार्थीहरुमा नकारात्मक असर पर्ने बताउँदै वार्ता मार्फत समाधान खोज्न आग्रह गरेका छन् ।
सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>