समाचारमंगलबार, भाद्र १८, २०७०
फोरम नेपाल पनि चुनावमा होमियो
फोरम नेपालको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी पूर्णरुपमा चुनावमा केन्द्रित हुने निर्णय गरेको जानकारी दिएका छन् ।
१८ भदौमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान सभा निर्वाचनका लागि विचार मिल्ने दलहरुसँग चुनावी तालमेल गरिने पनि जानकारी दिए ।
फोरमका वरिष्ठ नेता भरतविमल यादवका अनुसार तालमेलका लागि फोरमको प्राथमिकतामा मधेशवादी दलहरु भए पनि अन्य दलहरुसँग पनि तालमेल गर्न सकिन्छ ।
त्यस्तै बैठकले १ असोज भित्र सबै जिल्ला र क्षेत्रीय समितिहरुलाई उम्मेदवारहरुको नाम सिफारिस गरी पठाउन पनि निर्देशन दिएको छ ।
