समाचारमंगलबार, भाद्र १८, २०७०
‘तोकिएकै मितिमा निर्वाचन हुन्छ, तयारीमा लाग्नुस्’
पेसागत महासंघ नेपाल महिला विभागद्वारा १८ भदौमा काठमाडौंमा आयोजित सांस्कृतिक कार्यक्रमको समापन समारोहमा एमाले नेता माधवकुमार नेपालले निर्वाचनका लागि उम्मेदवारको छनोट समेत शुरु भइसकेको हुँदा चुनाव हुँदैन भन्ने द्विविधा नराखी निर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिएका छन् ।
नेता नेपालले भने, “निर्वाचन हुन्छ, आ–आफ्नो क्षेत्रमा एमालेका उम्मेदवारलाई विजयी गराउन सहयोग गर्नुस्, जनताले सही ठाउँमा भोट खसाल्न सकेमात्र सर्वमान्य संविधान लेख्न सकिन्छ ।”
कार्यक्रममा सीता ओझाद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘नलेखिएको इतिहास’ को नेपालले विमोचन गरेका थिए । सार्वजनिक गर्नुभयो । पुस्तकमा लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याएका २७ जना महिलाको योगदान समेटिएको छ ।

