थप समाचारबुधबार, भाद्र १९, २०७०

क्यान सफ्टेक प्रदर्शनी शुरु

हिमालखबर

१९ भदौदेखि शुरु भएको चारदिने क्यान सफ्टेक मेलामा ११६ वटा प्रदर्शनी कक्षमा सूचना प्रविधिसँग सम्बन्धित सामाग्री, सूचना व्यवस्थापन, लेखा व्यवस्थापनलगायत विविध पक्षका स्टलहरु छन् ।

कम्प्युटर एसोसिएसन अफ नेपालद्वारा हरेक वर्ष आयोजना हुँदै आइरहेको प्रदर्शनीमा स्मार्ट मोबाइल, फोन, ट्याब्लेट र एप्लिकेसन मूख्य आकर्षण छन् ।

सफ्टेकको उपराष्ट्रपति परमानन्द झाले शुभारम्भ गर्दै कम्प्युटर सिकेमा जागिर पाइन्छ भन्ने आम धारणालाई परिवर्तन गरी यसलाई ज्ञानको स्तरोन्नतिको रूपमा लिइनुपर्ने बताए ।

उनले कम्प्युटरलाई जीवनको अभिन्न अङ्गको रूपमा रूपान्तरण गर्न बालबालिकालाई सानै उमेरदेखि कम्प्युटर शिक्षा दिन आवश्यक रहेको चर्चा गर्दै सूचना प्रविधिलाई ग्रामीणतहसम्म विस्तार गर्न ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>