समाचारबुधबार, भाद्र १९, २०७०
देउवा कञ्चनपुरबाट सिफारिसमा परेनन्
पूर्वप्रधानमन्त्री देउवालाई पञ्छाउदै नेपाली कांग्रेसले कञ्चनपुरका चार क्षेत्रबाट ७२ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ ।
कांग्रेस जिल्ला समितिको १९ भदौको बैठकले प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारी सिफारिसमा सहमति नहुँदा क्षेत्रबाट सिफारिस भएका सबै नाम केन्द्रमा पठाएको छ ।
‘‘क्षेत्रीय समितिले पठाएका नाम जस्ताको त्यस्तै पठाएका छौं,’’ कांग्रेस जिल्ला सभापति बहादुरसिंह थापाले भने ।
देउवालाई कैलालीबाट सिफारिस गरिएकाले कञ्चनपुरबाट नगरिएको एक जिल्ला सदस्यले बताए ।
बच्चु विक, महेन्द्रनगर
