समाचारबुधबार, भाद्र १९, २०७०
एमाओवादीसँग एक हुन सकिन्छः नेत्रविक्रम चन्द
धरानमा १९ भदौमा आयोजित मार्चपासपछि कोणसभालाई सम्बोधन गर्दै वैद्य माओवादीका सचिव नेत्रविक्रम चन्दले ‘शान्ति र स्वाधिनताका लागि’ एमाओवादीसहित अन्य कम्युनिष्ट दलहरु एक हुने दाबी गरेका छन् ।
“माओवादी फुटेको मौकामा केही गछौं भनेर कांग्रेस र एमालेले नसोचे हुन्छ, भोलीका दिनमा एक हुन पनि सकिन्छ,” चन्दले भने ।
चार दलको ‘सिण्डीकेट’ले निर्वाचन नचाहेको भन्दै चन्दले ४ मंसीरमा कुनै हालतमा पनि निर्वाचन हुन नदिने दाबी गरे ।
निर्वाचन बहिष्कारका लागि सुनसरी जिल्लाका कार्यकर्तालाई प्रशिक्षण दिन धरान आएका चन्दले नेपाली कांग्रेसकै कारण देश अशान्ति तर्फ धकेलिएको आरोप समेत लगाए । उनले ४ मंसीरमा निर्वाचन हुन्छ भन्ने सपना नदेख्न धम्की दिएका थिए ।
सोहन श्रेष्ठ, धरान

