समाचारबुधबार, भाद्र १९, २०७०
एमालेले निर्वाचन तयारी तिव्र पार्यो
१७ भदौमा अध्यक्ष झलनाथ खनालको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको एमालले १९ भदौमा सचिव युवराज ज्ञवालीको अध्यक्षतामा केन्द्रीय निर्वाचन सचिवालय गठन गरेको छ । सचिवालयमा प्रदीप नेपाल, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, विष्णु रिमाल, भीम रावल, केशवलाल श्रेष्ठ, अग्नि खरेल र बिन्दा पाण्डे छन् ।
पार्टी अध्यक्ष तथा केन्द्रीय निर्वाचन परिचालन कमिटीका संयोजक झलनाथ खनालको अध्यक्षतामा १९ भदौमा पार्टी मुख्यालय बल्खुमा सम्पन्न बैठकले सो निर्णय गरेको एमालेले जानकारी दिएको छ ।
बैठकमा केन्द्रीय निर्वाचन परिचालन कमिटीका सदस्य वामदेव गौतम, विद्यादेवी भण्डारी, युवाराज ज्ञवाली र शंकर पोखरेलको उपस्थिति थियो ।
