समाचारबिहीबार, भाद्र २०, २०७०

राष्ट्रपतिपुत्र सिफारिसमा नपरेपछि विरोध प्रर्दशन

हिमालखबर

संविधान सभा निर्वाचनका लागि धनुषाबाट उम्मेदवारी छनोटमा नपरेका कांग्रेस जिल्ला नेता एवम् राष्ट्रपतिका छोरा चन्द्रमोहन यादवको नेतृत्वमा विरोध जुलुश प्रदर्शन भएको छ भने धनुषा कांग्रेसमा चर्को विवाद देखिएको छ ।

आफ्ना बुवाले जितेको क्षेत्र धनुषा– ५ बाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फबाट चन्द्रमोहनको नाम सिफारिस नभएपछि १९ भदौमा यादवले आफ्ना समर्थकहरुसहित जनकपुरमा विरोध जुलुश प्रर्दशन गरे ।

चन्द्रमोहनको नेतृत्वमा निस्केको जुलुशले उम्मेदवार सिफारिस गरिएका तरुण दलका केन्द्रीय संयोजक तथा कांग्रेस केन्द्रीय सदस्य महेन्द्र यादव र जिल्ला सभापति रामसरोज यादवको विरोधमा चर्को नाराबाजी गरेका थिए ।

यादवको विरोधका कारण पार्टीको बुधबार डाकिएको जिल्ला समिति बैठक समेत स्थगित गर्नु परेको सचिव कोमलकान्त झाले जानकारी दिएका छन् । सचिव झाले भने, ‘क्षेत्रीय समितिले उम्मेदवार छनौट गरी जिल्ला समितिलाई बुझाउनु पर्ने समय सीमा तोकेपनि क्षेत्रीय समितिबाट नाम प्राप्त नभएकोले जिल्ला कार्यसमितिबाट बैठक ७ वटै क्षेत्रको नाम नआएसम्मको लागि स्थगित गरिएको हो ।”

धनुषा–५ का कांग्रेस सचिव सन्तोष यादवले भने, “क्षेत्रीय समितिमा पहिलो नम्बरमा चन्द्रमोहन यादव, दोस्रोमा महेन्द्र यादव र तेस्रोमा सन्तोष यादवको नाम राखिएकोमा समिति सभापतिले सन्तोष र चन्द्रमोहनको नाम हटाएर आफू निकटका महेन्द्र यादव र कुमरकान्त झाको नाम मात्र जिल्लामा पठाएर बेइमानी गरेका छन् ।” सभापति योगेन्द्र पञ्जियार भने सहमति नबनेपछि ‘भोटिङ’ गरेर उम्मेदवारको नाम सिफारिस गरिएको बताउँछन् ।

यादवको विरोधका कारण पार्टीको बुधबार डाकिएको जिल्ला समिति बैठक समेत स्थगित गर्नु परेको सचिव कोमलकान्त झाले जानकारी दिएका छन् । सचिव झाले भने, ‘क्षेत्रीय समितिले उम्मेदवार छनौट गरी जिल्ला समितिलाई बुझाउनु पर्ने समय सीमा तोकेपनि क्षेत्रीय समितिबाट नाम प्राप्त नभएकोले जिल्ला कार्यसमितिबाट बैठक ७ वटै क्षेत्रको नाम नआएसम्मको लागि स्थगित गरिएको हो ।”

गत संविधान सभाको उप निर्वाचनमा राष्ट्रपति पुत्र यादव तेस्रो स्थानमा सीमित भएका थिए भने एमालेका रघुबीर महासेठले उक्त स्थानबाट निर्वाचन जितेका थिए ।
मनिका झा, जनकपुरधाम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>