समाचारबिहीबार, भाद्र २०, २०७०

निर्वाचनमा बाधा नपुर्‍याऊः बेलायती राजदूत

हिमालखबर

झापाको दमकमा १९ भदौमा आयोजित राजनीतिक दलका स्थानीय कार्यकर्ताहरुसँगको अन्तरक्रियामा बेलायती राजदूत एण्ड्रयू स्पार्क्सले जनमतको सम्मान गर्न आग्रह गर्दै भने, “बेलायत सरकार नेपालमा जनताको मत एवम् बिश्वास पाएको लोकतन्त्रिक सरकारसँग काम गर्न इच्छुक छ ।”

राजदूत स्पार्क्सले निर्वाचनको लागि बेलायत सरकार सबैखाले सहयोग गर्न तत्पर रहेको भन्दै नेपालले शान्ति प्रक्रियामा फडको मारेको सन्तोष ब्यक्त गरे ।

उनले बेलायत सरकारको बैदेशिक सहायता बिभाग डिएफआइडीको सहयोगमा सञ्चालित विकास परियोजनाहरुको निरीक्षण पनि गरेका थिए ।

डिएफआइडीले झापामा सन् २०१० यता तीन करोड २८ लाख ५० हजार रुपैयाँ भौतिक निर्माणमा खर्च गरेको उसको स्थानीय साझेदार आरआरएनले जनाएको छ ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>