थप समाचारबिहीबार, भाद्र २०, २०७०

विद्युत आयोजना नजिक पहिरोमा पुरिएर एक वेपत्ता

हिमालखबर

२० भदौ विहान आठ बजे उपल्लो मादी जलविद्युत आयोजनाको सुरुङ मार्गको माथिल्लो भागमा रहेको ढिस्को खस्दा कास्कीको निर्मलपोखरी गाविस घर भएका ईलेक्ट्रिसियन अन्दाजी ४० वर्षीय सुकदेव भट्टराई वेपत्ता भएका छन् ।

आयोजनामा कार्यरत मदुरहरुले बस्न बनाएको अस्थायी छाप्रोलाई पनि पहिराले पुरेको छ भने उनीहरुका सम्पूर्ण समान पनि पुरिएका छन् । मजदुरहरुले आफ्ना महत्वपूर्ण कागजपत्र र केही पैसा पनि पहिरोमा पुरिएको बताए । पहिरो खसेपछि ५÷६ जना कामदार सुरुङबाट बाहिर निस्कन सफल भएका थिए ।

स्थानीयबासीका अनसार आयोजनाको ड्याम नजिकै करिव ३० मिटरको पहिलो खसेको हो । सुरुङ मार्ग बनाउँदा चट्टान फोड्न विष्फोटक पदार्थ प्रयोग गरिएकोले वर्षाको समयमा कमलो भएको जमिनमा पहिरो खसेको अनुमान स्थानीयबासीको छ । घटनास्थल पोखराबाट करिव १५ किमी उत्तरपूर्वमा पर्दछ ।

२५ मेगावाटको लघु जलविद्युत आयोजनाको काम गत माघदेखि शुरु भएको हो ।
माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>