समाचारबिहीबार, भाद्र २०, २०७०
प्रधानसेनापति राणा बेलायत जाँदै
नेपाली सेनाले २० भदौमा पत्रकार सम्मेलनमा प्रधानसेनापतिले २१ भदौदेखि गर्ने बेलायत भ्रमणका क्रममा बेलायती सेनाध्यक्ष सर पिटर वाल, त्यहाँको प्रतिरक्षा सेवाका प्रमुख निकोलास हक्टन, विदेश तथा राष्ट्रमण्डल कार्यालयका मन्त्री ह्युगो स्वाय र बेलायतको अन्तर्राष्ट्रिय विकास विभागका प्रमुख कृष मर्गट्रोइडलगायत पदाधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।
प्रधानसेनापति राणाको भ्रमणबाट दुई देशका सेनाबीचको मित्रता, सद्भाव तथा आपसी सहयोगले निरन्तरता पाउने सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले बताए ।
यसअघि प्रधानसेनापति राणा भारत र चीनको भ्रमणमा गएका थिए । प्रधानसेनापतिको निमन्त्रणामा बेलायती सेनाका सेनाध्यक्ष वाल नेतृत्वको दुई सदस्यीय टोली गत मंसीरको पहिलोसाता नेपाल भ्रमणमा आएको थियो ।
भ्रमणका क्रममा प्रधानसेनापति नेतृत्वको तीन सदस्यीय प्रतिनिधिमण्डलले बेलायतका लागि नेपाली राजदूत सुरेशचन्द्र चालिसेसँग भेटवार्ता गर्नुका साथै लण्डनस्थित गोर्खा स्मारकमा गएर श्रद्धाञ्जलि अर्पण गर्ने पनि कार्यक्रम छ ।
