समाचारबिहीबार, भाद्र २०, २०७०

दाहाललाई तीन दिनभित्र उपस्थित हुन अदालतको आदेश

हिमालखबर

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अदालतको मानहानी गरेको भनी अधिवक्ता दिनेश त्रिपाठीले १० भदौमा दिएको रिट निवेदनमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले दाहाललाई जवाफका लागि तीन दिनभित्रै उपस्थित हुन आदेश दिएको छ ।

न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजलासले २० भदौमा यस्तो आदेश दिएको हो ।

दाहालले गारेखाका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धमा प्रतिक्रिया दिंदै ‘अदालत भनेको के जात हो’ भनेका थिए । उनले द्वन्द्वकालका मुद्दा उल्टाएर आफ्ना कार्यकर्ता पक्राउ परेमा विद्रोह गर्ने धम्की समेत दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>